बाजुरा ः साँफे-मार्तडी सडक खण्डको बल्दे नजिकैको सडकमा मालवाहक जीप पल्टिएको छ । डाब बजारबाट सामान लिएर सदरमुकाम मार्तडी तिर आउँदै गरेको मालबाहक जीप शनिबार दिउसो ३ बजेतिर बल्दे नजिकैको उकालो सडकमा पल्टिएको हो ।
मालबाहक जीप सडकमै पल्टिएपछि मार्तडीमा आउने र मार्तडीबाट बाहिर जाने सवारी साधनहरुबीच बाटोमै रोकिएको छन् । मालबाहक जीप हटाउनका लागि अहिले प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख इकवाल हवारीले जानकारी दिए ।
उनका अनुसार जीप सडकमै पल्टिएको र मानवीय क्षती भने भएको छैन् । मालबाहक जीप भने मार्तडी बजारका व्यापारी हंसबहादुर सिंहको रहेको छ ।
प्रतिक्रिया