बाजुरा ः आगलागीबाट नष्ट भएको बाम्का बजार क्षेत्रको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले निरीक्षण गरेका छन् ।
आगलागी भए लगत्तै काठमाण्डौंबाट हिडेका मन्त्री पाण्डेले आगजनी भएको बाम्का बजारको शनिबार बिहान निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री पाण्डले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको विवरण लिएसंगै आगजनीबाट पीडित व्यक्तिहरुसँग समेत भेटघाट गरेको बताईएको छ ।
बाजुरा मन्त्री पाण्डेको गृह जिल्ला पनि हो । शुक्रबार दिउँसा आगलागी भएर ४० वटा पसलहरू जलेर नष्ट हुँदा करोड भन्दा बढीको क्षति भएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
प्रतिक्रिया