बाजुरा ः बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका-६ साँफे-मार्तडी सडकखण्डमा पर्ने जिल्लाकै प्रमुख व्यापारीक केन्द्र बाम्का बजारमा आगलागी भएको हो ।
आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए ।
नगरप्रमुख बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन । जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा आगो अबेर नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया