गाैमुल खबर डटकम शुक्रबार २३, जेठ २०८२ १०:४१

विद्यालय बाहिरका बालबालिकाको पहिचान गर्न समन्वयात्मक बैठक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २२, २०८२
विद्यालय बाहिरका बालबालिकाको पहिचान गर्न समन्वयात्मक बैठक

बाजुरा ःविद्यालय बाहिर रहेका बालबालिकाको पहिचानका लागि आयोजित समन्वयात्मक बैठक सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । पीसविन नेपाल र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित “आभा परियोजना” अन्तर्गत बैठकको आयोजना गरिएको हो ।

पीसविन नेपालका कोषाध्यक्ष पार्वती जोशीको अध्यक्षतामा आयोजित समन्वयात्मक बैठकमा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, बुढीगंगा नगरपालिका उपप्रमुख माया (खड्का) कुवँर, बडीमालिका नगर उपप्रमुख नन्दा कुमारी थापा, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, बडीमालिका त्रिवेणी र गौमुल गाउँपालिका शिक्षा शाखा प्रमुख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख, पालिकाका सामाजिक विकास समितिका संयोजक, तीन वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरूको सहभागीता रहेको थियो ।

उक्त बैठकको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख टिकाराम जोशीले कार्यक्रमको सहजीकरण गरेका थिए भने पीसविन नेपालका परियोजना संयोजक श्री पदमबहादुर काठायतले कार्यक्रम सञ्चालन गरेका हुन् ।

यस्तै प्लान इन्टरनेशनल नेपालका परियोजना संयोजक महेश नेपालीले बैठकको उद्देश्य र कार्यसूची प्रस्तुत गरेका थिए । कुल २० जना लक्षित सहभागीहरू उक्त बैठकमा सहभागी भएका थिए ।

सहभागीहरूले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचानका लागि रणनीति तयार गर्ने बारे प्रतिवद्धता व्यक्त गरेका थिए । विद्यालय बाहिर रहेका बालबालिकाहरुको पहिचानका लागि पालिकाहरु र पीसविन नेपालले सहकार्य गर्ने भएका छन् ।

प्रतिक्रिया