गाैमुल खबर डटकम शनिबार २४, जेठ २०८२ ०३:२३

कैलालीमा ३ जना चढेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना अस्पतालमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ २२, २०८२
कैलालीमा ३ जना चढेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना अस्पतालमा

धनगढी ः कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बिहीबार बिहान सवा चार बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका-१ को भालुफटामा से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकेको सुपप्र ०१-००२ त ५१५८ नम्बरको ट्र्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । मोटरसाइकल चालक घोडाघोडी नगरपालिका –३ बस्ने २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी सिंहले बताए । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पछाडि सवार घोडाघोडीकै २२ वर्षीय अर्जुन चौधरी पनि घाइते छन् । उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया