गाैमुल खबर डटकम शुक्रबार २३, जेठ २०८२ ०९:२१

सोडारीको निलम्बनपछि सुदूरपश्चिम नेकपा एस संसदीय दलको नेता को ?

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २१, २०८२
सोडारीको निलम्बनपछि सुदूरपश्चिम नेकपा एस संसदीय दलको नेता को ?

धनगढी ः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी निलम्बित भएका छन् । पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले सोडारीविरुद्ध एक करोड ८ लाखको बिगो माग दाबी लिएर विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका हुन् ।

सोडारीको सांसद पदबाट स्वतः निलम्बन भएको पत्र प्रदेश सभा सचिवालयमा समेत आइरहेको छ आइसकेको छ । आगामी २३ गते सभामुख भीम भण्डारीले उनी निलम्बनका परेको सूचना पढेर सांसदहरूलाई जानकारी गराउने छन् । संसदीय दलको नेता निलम्बनमा परेपछि अब दलको नयाँ नेता को बन्छ भन्ने विषयमा पनि चर्चा परिचर्चा सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका सोडारीसहित ४ सांसद थिए । उनी निलम्बनमा परेपछि तीन जना मात्रै वाकी रहन्छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ (१) बाट दोस्रो पटक निर्वाचित प्रकाश रावल, बाजुराको १ (१)बाट निर्वाचित नरेश शाही र समानुपातिक निर्वाचित कञ्चनपुरकी माया पन्त तीनै जना मध्ये एक संसदीय दलको नेता बन्ने छन् । तर, दलको बैठक आह्वान गरेर तत्काल नै नेता चयन गर्ने प्रक्रिया भने सुरु भइसकेको छैन ।

नेता परिवर्तन हुने अवस्था आए सबैभन्दा धेरै सम्भावना रावलको त्यसपछि शाहीको छ । पन्तको सम्भावना रावल र शाहीको भन्दा निकै कम छ । रावल अहिले उपनेता हुन् भने शाही प्रमुख सचेतक हुन् । उपनेता रावल तत्काल नै बैठक आह्वान गरेर दलको नेता परिवर्तन गर्ने कुनै छलफल नभएको बताउँछन् । ‘उहाँको कानुनी विषय छ । संसद् बैठकमा त्यस विषयमा जानकारी आएको छैन।

हामीले अहिले नै बैठक राखेर नेताको जिम्मेवारी अरूले लिने तयारी गरेका छैनौँ’ उनले भने, ‘यस विषयमा हामी छलफल गरेर टुङ्गो लगाउँछौँ ।’ प्रदेश सभा बैठकमा २३ गते निलम्बन भएको सूचना सभामुखले जानकारी गराउने छन्। मुर्दा दर्ता भइसकेपछि उनी निलम्बनमा परिसकेका छन् । उनी निर्देशन साबित नहुँदासम्म कुनै संसदीय भूमिकामा उनी देखिन पाउने छैनन् ।

यस्तो अवस्थामा पहिलो चरणमा उप-नेताले नै बैठकको अध्यक्षता गर्ने छन् । त्यसपछि आवश्यकताको आधारमा उपनेताबाटै काम गर्दै जाने वा दलको नेताकै जिम्मेवारी तीन जना मध्ये एकले लिने भन्ने विषयमा पनि छलफल हुनसक्छ । नेकपा एसमा सांसद तथा पूर्व मन्त्री नरेश शाहीले तत्काल नै दलको नेता परिवर्तनको विषय ’नआउने बताउँछन् ।

‘उहाँ निलम्बनमा पर्नु भएको हो पद रिक्त भएको होइन’ उनले भने ‘अहिले दलको नेता परिवर्तनबारे कुनै छलफल भएको छैन । आज भोलीमा हुँदैन पनि ‘ नेकपा एकीकृत समाजवादीकी अर्की सांसद माया पन्तले पनि यस विषयमा कुनै छलफल नभएको बताइन् । ‘बैठक बसेको छैन ।

बैठक बस्न सक्छ तर, दलको नेता फेर्ने वा नफेर्ने भन्ने विषयमा कुनै छलफल भएको छैन’ उनले भनिन् । केन्द्रले पनि दलको नेता फेर्ने विषयमा हतार नगर्न आफू निकटका नेताहरूलाई भनिरहेका छन् । अहिले पार्टीले पनि यस विषयमा कुनै निर्देशन गरिसकेको छैन ।

प्रतिक्रिया