गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

बुढीगंगा नगरपालिका-२ बजेडीका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३२, २०८०
बुढीगंगा नगरपालिका-२ बजेडीका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण

बाजुरा : बुढीगंगा नगरपालिका-२ बजेडीका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । बजेडी टोलका करिव १३ जना पीडित परिवारलाई राहत वितरण गरिएको बुढीगंगा नगरपालिकाका नगर उपप्रमुख माया कुवँर खड्काले बताएकी छन् । रेडक्रस बाजुराको सहयोग र बुढीगंगा नगरपालिकाको समन्वयमा राहत वितरण गरिएको हो । तत्कालका लागि त्रिपाल र कम्मल वितरण गरिएको छ । तत्काल पालिकाले अन्य राहत सामाग्री वितरण गर्ने भएको छ ।

तत्काल सुरक्षित ठाउँमा बसोबास गर्ने गरी त्रिपाल र कम्मल वितरण गरिएको भएपनि तत्काल पालिकाले अन्य ठाउँमा स्थानान्तरणका लागि प्रदेश र संघीय सरकारसंग पहल गरिने नगर उपप्रमुख माया कुवँर खड्काको भनाई रहेको छ । ताप्रीसेरामा आयोजित राहत वितरण कार्यक्रममा नगरपालिका, रेडक्रसका प्रतिनिधि, वडाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया