बाजुरा ः जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जीपमा सवार ५ जना मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक देव चौधरीले बताएका छन् ।
घटनाको विस्तृत जानकारीका लागि प्रहरीको टोली घटनास्थलतर्फ जादै गरेको उनको भनाई रहेको छ । नेपाल टेलिकम दुरसञ्चार कार्यालय बाजुराका कर्मचारीको टोली सवार जीप दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया