बाजुरा ः प्रकृति प्रतिको सद्भावका लागि बुढीगंगा नगरपालिकाले फालासैनमा कृषि जैविक विविधता मेला सञ्चालन गरेको छ । “प्रकृति प्रतिको सद्भाव र दिगो विकास” भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । कृषि शाखा, सहास नेपाल र लिवर्ड परियोजनाको संयुक्त सहकार्यमा बृहत कृषि मेला आयोजना गरिएको हो ।
कृषि मेलामा कृषकहरुले बारीमा उत्पादन गर्नका लागि उन्नत जातका तरकारी, फलफूल र अन्नबालीको बीउ प्रदर्शनीमा राखिएको थियो । नगरपालिकाले कृषि क्षेत्रको प्रवर्द्धन र माटोको उर्वरा शक्ति बढाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
रैथाने बालीको प्रवद्र्धन गर्ने, नगरपालिकाको उर्वर भूमिमा किसानहरुलाई उत्पादनमा जोड दिने गरी कार्यक्रमको आयोजना गरी सञ्चालन गरिएको बताएका छन् । कृषिलाई आधुनिक कृषि प्रविधि सहित कृषिलाई प्राथमकितामा राख्दै स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्नका लागि कृषि मेला सञ्चालन गरिएको नगरपालिका कृषि शाखा प्रमुख दीपक थापाले बताएका छन् ।
बृहत् कृषि मेलामा प्रदर्शनीमा राखिएका बीउहरु कृषकहरुलाई वितरण गरिएको छ । भने सहास नेपाल बाजुराले पनि लगनशील कृषकहरुलाई कृषि सामग्री सहयोग गरेको हो । फालासैनमा सञ्चालन गरिएको जैविक विविधता कृषि मेलामा सहभागी भएका कृषकहरुको तरकारी, फलफूल र अन्न बालीको मुल्यांकन गरी उकृष्ट हुने कृषकलाइ कृषि औजार समेत वितरण गरिएको छ ।
नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर उप-प्रमुख माया खड्का (कुँवर), वडा अध्यक्ष रणबहादुर थापा, पदम बहादुर भण्डारी र चक्रबहादुर थापा, साझेदार संघसंस्थाका प्रमुख तथा प्रतिनिधि समेतको सहभागीता रहेको थियो । कार्यक्रमको कृषि शाखाका प्राविधिक सिद्धराज जैशीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया