गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०९:१०

बुढीगंगा नगरपालिकामा माटोे परीक्षण

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ ०८, २०८२
बुढीगंगा नगरपालिकामा माटोे परीक्षण

बाजुरा : बुढीगंगा नगरपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । नगरपालिकाको आयोजना र सुन्दरपूर कञ्चनपूरको आर्थिक तथा प्राविधिक सहयोगमा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।

पछिल्ला वर्षहरुमा बुढीगंगामा उत्पादकत्व घट्दै गएकाले घट्नुको कारण पत्ता लगाई रणनीति तयार पार्न माटो परीक्षण गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । बुधबारदेखि सुरु गरिएको माटो परीक्षण शिविर वडा नं.१ देखि १० सम्म सञ्चालन गर्ने उनले बताए ।

शिविरमा माटोका प्रकार, कुन जातिको खेती लगाउन योग्य छ, कुन-कुन बाली धेरै भन्दा धेरै फल्छ, माटोको उर्वरा शक्तिको बारेमा प्रयोगशालाद्धारा जाँच गरिने भएको छ । माटोको अवस्था हेरर पालिकाबाट कृषि सम्बन्धीका योजना बनाईने उप-प्रमुख माया खड्का कुवँरले बताएकी छन् ।

कृषकलाई आफ्नो जग्गाको माटोमा के-के कमी रहेछ भन्ने थाहा दिन पनि शिविर सञ्चालन गरिएको हो । माटोका रिपोर्टको आधारमा नगरपालिकाले योजनासहितकोे रणनीति तयार पार्ने नगर प्रमुख बानियाँले बताएका छन् । माटोको अवस्था हेरेर कृषकलाई जुन ठाउँमा जे फल्छ त्यही फलाउन लगाउँने योजना नगरपालिको रहेको उनको भनाइ छ ।

नगरपालिकाको फालाशैन, ताप्रिसेरा, बेतालमाण्डौको माटो जाँच गर्दै घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरमा नमूना कृषकसहित किसानहरुले माटो परीक्षण गराई सहयोग गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।

नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको शिविर ३ दिनसम्म सञ्चालन हुने छ । शिविरमा घुम्ती माटो परीक्षण प्रयोशालासहितको गाडी, विज्ञ प्राविधिक, पालिका तथा वडाका कृषि प्राविधिकहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया