बाजुरा : नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्यमा बाजुराबाट लाछु सार्की र सुशिला मिजार चयन भएकी छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय सम्मेलबाट सार्की र मिजार सदस्यमा चयन भएकी हुन् । सदस्यमा निर्वाचित सार्की जिल्ला समन्वय समिति बाजुराकी उप प्रमुख हुन् । भने मिजार बुढीगंगा नगरपालिका कार्यपालिका सदस्य हुन् ।
काठमाण्डौमा जेठ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको सातौँ राष्ट्रिय सम्मेलबाट नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न भएको निर्वाचित सदस्य सुशिला मिजारले बताएकी छन् ।
प्रतिक्रिया