गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०८:२८

काम गरेका छौ, हल्ला गरेका छैनौँ : मेयर बानियाँ

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०७, २०८२
काम गरेका छौ, हल्ला गरेका छैनौँ : मेयर बानियाँ

बाजुरा : बुढीगंगा नगरपालिकाका प्रमुख राम बहादुर बानियाँले हल्ला होइन् काम गरिरहेका बताएका छन् । बानियाँले समृद्ध बुढीगंगा बनाउँन विभिन्न नयाँ अभ्यासका साथ अगाडी बढिरहेको बताए ।

आधारभूत पत्रकारिता तथा उद्घोषक तालिमको उद्घाटन सत्रमा बोल्दै बानियाँले कामको सकारात्मक हल्ला गर्ने कम र नकारात्मक हल्ला फैलाउने प्रवृत्ति धेरै रहेकाले यसको अन्त्य सबैले गर्न आवश्यक रहेका बताएका छन् ।

हल्ला होइन् कामबाट बुढीगंगाको परिचय बदल्न आफ्नो संकल्प रहेको बताए । सीपसंग जोड्नका लागि सीप विकास तथा प्रशिक्षण केन्द्र मार्फत विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए ।

बुढीगंगा नगरपालिकामै पत्रकार उत्पादन गर्ने लक्ष्य सहित आधारभूत तालिम सञ्चालन गरिएको उनले बताए । उनले, भने पछिल्लो समय सम्मान गर्ने स्वभाव हट्यो, संस्कार हट्यो, मान्छेका राम्रा व्यवहार फेरिए, यसका लागि क्षमता विकासमा बढी जोड दिन आवश्यक रहेकाले युवालाई सीपसंग जोड्ने अभ्यास अगाडी बढाएको बताए । 

युवायुवतीलाई उत्पादन र प्रविधिसंग जोड्नर व्यवसायीक बनाउने उद्देश्यका तालिम सञ्चालन गर्दै आईरहेको बताएका छन् । हालसम्म बुढीगंगा नगरपालिकामा ४०/५० जनालाई विभिन्न सीपमूलक तालिम दिएर रोजगारी गरिरहेका उनले बताए । सीप नभएर काम गर्न नसकिने बताउँदै श्रम बजारमा विक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नयाँ अभियान नै सञ्चालन गरिएको उनले बताएका छन् । 

बुढीगंगा नगरपालिका आगामी नीति तथा कार्यक्रममा एक सय युवाहरु खप्ने कार्यक्रम सञ्चालन गर्ने बताए । विश्वमा कसैले पनि फेरिमा सीप सिकाउँदैन्, उनले भने फेरिमा सिकाउँने काम बुढीगंगाले गरेको छ, तर सिक्ने चासो राख्ने मान्छे कमै भेटिन्छन् ।

नगर प्रमुख बानियाँले पत्रकारले बाजुरा समस्या मात्र होइन् बाजुराको थुप्रै सम्भावनाको हकमा पनि कलम चलाउन आवश्यक रहेको बताएका छन् । देशमा प्रत्येक मानिसहरुले ८ घण्टा काम गर्नुपर्ने प्रणाली लागू नभएसम्म देश अगाडी बढ्न नसक्ने बताए ।  

प्रतिक्रिया