गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३०
Dho

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३२, २०८०
सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

बाजुरा : सुदूरपश्चिम प्रदेश सरकारले भोली शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ ।

प्रतिक्रिया