बाजुरा : बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको हिमाली गाउँपालिका ५ की १७ वर्षीया जुनिता कुमारी थापाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
थापाका आफन्तले सुत्केरी व्यथा लागेपछि कोल्टी अस्पताल ल्याएका थिए । पेटमा करिब ३४ हप्ताको बच्चा रहेको र सुत्केरी गराउँन जटिलता भएपछि हवाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाईएको अस्पतालले जनाएको छ ।
गर्भवती महिलाको अवस्था जटिल रहेको अस्पतालले जिल्ला प्रशासन कार्यालय बाजुरालाई उद्धारका लागि आग्रह गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको प्रजिअ मेघनाथ पाध्याले बताएका छन् ।
प्रतिक्रिया