बाजुरा : बाजुरामा कक्षा-१२ को परीक्षा दिएर घर फर्केका विद्यार्थी जिप दुर्घटनामा परी घाइते भएका छन् । स्वामीकार्तिक मावि वाइ केन्द्रमा परीक्षा दिएर धुलाचौर तर्फ जादै गरेका विद्यार्थी दुर्घटनामा परेका हुन् ।
कोल्टीबाट धुलाचौर तर्फ जादै गरेको जिप कर्णाली करिडोर राजमार्ग अन्र्तगत हिमाली गाउँपालिका ६ सिउडी खोलामा दुर्घटना हुँदा ५ जना विद्यार्थी र एक चालक घाइते भएका छन् ।
जिप अनियन्त्रित भइ सडकबाट १५० मिटर तल कर्णाली नदी छेउको रुखमा अड्किएको छ । घाइते हुनेमा हिमाली गाउँपालिका ५ रुगिनकी १८ वर्षीया संगिता बुढा, टाउँको र हातमा चोट अवस्था मध्यम, वडा नं.२ विच्छ्याकी १८ वर्षीया जुनिता बुढा टाउँको र वाँया हातमा चोट, अवस्था सामान्य, १९ वर्षीया विवेक बुढा, हातमा चोट, अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हिमाली गाउँपालिका ६ धिम बस्ने वर्ष २२ की अस्मिता शाही टाउँको र दाहिने हातमा चोट अवस्था मध्यम, हिमाली ४ फैती का १८ को विज्ञान सार्की वाँया हातमा चोट अवस्था सामान्य रहेको छ ।
चालक वतन खुल्न बाँकी वर्ष २० का सबिन बोहरा, टाउँको, कम्मरमा चोट लागेकाे अवस्था मध्यम रहेको र घाइते सबैको बुढीनन्दा नगरपालिकास्थित कोल्टी अस्पतालमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया