गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ०९:४९

बुढीगंगा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको उद्घाटन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २९, २०८२
बुढीगंगा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको उद्घाटन

बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमबार उद्घाटन भएको छ । उक्त भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नु भएको हो ।

उक्त भवन निर्माण गर्नका लागि १० करोड ५५ लाख ५ सय ३४ रुपियाँ खर्च भएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । हल सहित २४ कोठा रहेको चारतले प्रशासकीय भवनमा सेवाग्राहीको सुविधा लागि लिफ्ट पनि जडान गरिएको छ ।

बुढीगंगा नगरपालिकाले बाजुरा जिल्लामै पहिलो पटक १० वटै वडा कार्यालय पनि निर्माण गरेको छ  भने सीप विकास कार्यालय र स्वास्थ्य केन्द्र पनि बनाएको छ ।  वडा नम्बर १ र ८ बाहेकको सोमबार र मंगलबार दुईदिन लगाएर उद्घाटन गरिएको छ ।

ती भवनको सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशी, प्रदेश सभा सदस्य तथा प्रदेश सभाका पूर्वमन्त्री नरेश कुमार शाही, पदमबहादुर शाही, प्रतिनिधि सभाका पूर्व सदस्य लालबहादुर थापा, संविधानसभाका सदस्यद्वय पेम्बा (भोटे) गुरुङ, बसुन्धरा रोकाया, प्रदेश सरकार पूर्वमन्त्री प्रकाशबहादुर शाह, प्रदेश सभाका पूर्व सदस्य बलदेव रेग्मी लगायतले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया