बाजुरा ः सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी प्रा.लि.मा स्मार्ट बोर्डद्धारा पठनपाठन सुरु गरेको छ । विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ ।
शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन विद्यालयले कक्षा १० मा डिजिटल स्मार्ट बोर्ड जडान गरी पठनपाठन सुरु गरिएको विद्यालयका लेखापाल दीलबहादुर कार्कीले जानकारी दिएका छन् ।
विद्यालयले एकवटा स्मार्ट बोर्ड र आवश्यक उपकरण खरिद गरी पठनपाठन गर्न सुरु गरिएको प्रिन्सिपल मीनबहादुर कार्कीले बताएका छन् । स्मार्ट बोर्ड खरिद गरी कक्षा १० मा जडान गरिएको छ ।
सोमबार स्मार्ट बोर्डको उद्घाटन गर्दै प्रिन्सिपल कार्कीले विद्यालयको गुणस्तर सुधार्न धेरै प्रयत्न जारी रहेको बताएका छन् । विद्यालयलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजान योजना भएको उनको भनाईरहेको थियो ।
स्मार्ट बोर्डको प्रयोग गरेर गरिने पठनपाठनले विद्यार्थीलाई प्रविधिको ज्ञान दिन थप सहयोग पुग्ने उनको विश्वास रहेको छ । आगामी दिनमा विद्यालयका अन्य कक्षालाई पनि प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड जडान गर्ने योजना रहेको विद्यालयका व्यवस्थापक मानबहादुर कार्कीले बताएका छन् ।
अन्य कक्षाका विषयलाई प्रविधिमैत्री बनाउँदै थप विद्यार्थी आकर्षित गर्ने योजना रहेको कार्कीको भनाई छ । विद्यालयका शिक्षक नरेन्द्र विक परीले भने, “स्मार्ट बोर्ड बहुउपयोगी छ ।
आवश्यकता अनुसार भिडियो देखाउन, गुगल सर्च गरी पठनपाठन गर्न सकिन्छ । यसले विद्यार्थीको सिकाई अभिवृद्धिमा सहयोग पुग्छ ।” पछिल्लो समय संस्थागत विद्यालयहरुमा जिल्लामा क्रिएटर जोन एकेडेमी प्रा.लि.ले आफुलाई अब्बल स्थापित गरेको छ ।
प्रतिक्रिया