गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ०५:४८

विवाद र झगडाको आरोप झेल्दै आएको बाजुरामा राजनैतिक एकताको प्रयास प्रारम्भ

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख २९, २०८२
विवाद र झगडाको आरोप झेल्दै आएको बाजुरामा राजनैतिक एकताको प्रयास प्रारम्भ

विगतका निर्वाचनहरुमा विवाद र झगडाको आरोप झेल्दै आएको बाजुरामा यसपटक राजनैतिक एकताको प्रयास प्रारम्भ गरिएको छ । बुढीगंगा नगरपालिकालाई विकास कचहरी मार्फत यहाँका राजनीतिक दलका नेताहरुलाई एकता मित्रता र सद्भावको लागि प्रतिबद्ध गरिएको छ ।

आइतबार एकै दिन ५ वडा तथा अन्य २ सेवा प्रवाह गर्ने कार्यलयहरुको उद्घाटन गर्दै एमाले र कांग्रेसका नेताहरुले बाजुरामा विकास राजनीतिकको सन्देश दिएका छन् । समृद्धिका लागि बुढीगंगा विकास कचहरी सञ्चालनको दोस्रो दिन पालिका भित्रका २,४, ५, ९ र १० नम्बर वडा कार्यालय उद्घाटन गरिएको छ ।

यस्तै बुढीगंगा सीप विकास तालिम केन्द्र र पालिकाको २ र १० मा बनेका स्वास्थ्य सेवा केन्द्रका भवन पनि उद्घाटन गरिएको छ । पालिकाले भोलि र पर्सी प्रशासनीक भवन, १ र ८ नम्बर वडा कार्यालय भवनको उद्घाटन गर्ने तयारी गरिएको छ ।

पालिकाको २ नम्बर वडा कार्यालयको उद्घाटन निवर्तमान प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, ४ नम्बर वडा कार्यालयमा प्रदेश सभा सदस्य पदम शाही, ५ नम्बर पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मी, ९ नम्बर नगर प्रमुख रामबहादुर बानीया, १० नम्बर पूर्व प्रदेश सभा सदस्य प्रकाश शाह, बुढीगंगा सीप विकास केन्द्र पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन् ।

यस्तै २ नम्बरमा बनेको आधारभुव स्वास्थ्य केन्द्रको संविधान सभा सदस्य पेम्बा गुरुग भोटे र १० नम्बरमा बनेको आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको संविधान सभा सदस्य बसुन्धरा रोकायाले गरेकी हुन् । पालिकाको प्रशासनीक भवनको पूर्व मन्त्री कर्णबहादुर थापाले बैशाग २९ गते विशेष कार्यक्रमका बीच उद्घाटन गर्ने तयारी गरिएको छ ।

६ नम्बर वडा कार्यालय भवनको प्रदेश सभा सदस्य पूर्व मन्त्री नरेश बहादुर शाही, १ नम्बर वडा कार्यालयको पूर्व मेयर दिपक शाह, ८ नम्बर वडा कार्यालयको उद्घाटननगर उपप्रमुख माया कुँवरले गर्नेछन् । ७ नम्बर वडा कार्यालय भवन भने निर्माणाधीन छ ।

दलिय सहकार्य र समझदारीको सन्देश दिने गरी पालिकाले सबै पूर्व र बहालवाला जनप्रतिनिधीलाई अवसर दिने गरि भवनको उद्घाटन गर्न लगाइएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् ।

‘आज कांग्रेस एमालेका पूर्व तथा वर्तमान जनप्रतिनिधिहरुले भवन उद्घाटन गर्दै विकासमा एकतावद्ध हुने बताउनु भएको छ, भोली नेकपा एकीकृत समाजवादीको नेता तथा सांसद्ले भवन उद्घाटन गर्दै एकताको प्रतिवद्धता गर्नुहुने छ’ मेयर बानियाँले भने ‘ हामी सबै दलका नेताहरुलाई एक ठाउँमा ल्याएर विकास र समृद्धिको सपना पुरा गर्ने लक्ष्यमा छौं ।’

पालिकामा रहेका १० मध्ये ९ र सबै स्वास्थ्य चौकी, पालिका भवन सरकारी मापदण्ड अनुसार निर्माण गरिएका छन् । नौ वटा वडा कार्यालयका संस्थागत भवन, स्वास्थ्य संस्था, सीपविकास तालिम केन्द्र र पालिका भवन निर्माण गर्नेमा बुढीगंगा जिल्लाकै पहिलो पालिका हो ।

स्थानीय संरचना बनेको ८ वर्ष पुग्दा पनि बाजुराका स्वामिकात्र्तिक खापर र जगन्नाथ गाउँपालिकाले अझै प्रशासनीक भवन निर्माण गर्न सकेका छैनन् । अन्य सात वटा पालिकाले प्रशासनीक भवन निर्माणपछि सञ्चालनमा छन् । भने बुढीगंगा नगरपालिकाले वडा कार्यालय समेत निर्माण गरि उद्घाटन गरेको छ ।

प्रतिक्रिया