गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२०
Dho

गौमुल गाउँपालिकाका विभिन्न बस्तीमा वर्षा र हावाहुरीका कारण अन्नपातमा क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ३१, २०८०
गौमुल गाउँपालिकाका विभिन्न बस्तीमा वर्षा र हावाहुरीका कारण अन्नपातमा क्षति

बाजुरा : गौमुल गाउँपालिकाका विभिन्न बस्तीमा वर्षा र हावाहुरीका कारण अन्नपातमा क्षति भएको बताईएको छ । गत आईतबार र सोमबार आएको भारी वर्षा र हावाहुरीका कारण अन्नपातमा क्षति पुर्याएको वडा नम्बर ४ का वडा सदस्य मंगल धामीले जानकारी दिएका छन् । 

वडाको कौडाकोट, डाँडाबाडा, बगर, घोगाला, बिज्याढुङ्गगा, गदाडा लगायत सबै स्थानमा अन्नपातमा क्षति भएको बताईएको छ ।  त्यस्तै वडा नम्बर २ को मल्लोदुगुनमा समेत क्षति गरेको वडा सदस्य देव बहादुर बोहराले बताएका छन् । धान, मकै, कोदो, सिमी लगायत वर्षे बालीमा क्षति भएपछि उत्पादन गिरावट आउने भन्दै स्थानीय चिन्तित भएका छन् ।

प्राकृतिक प्रकोप सहित अन्य जंगली जनावरले समेत हरेक वर्ष कृषकहरुलाई दुःख दिने गरेको छ । आफुहरुले मानो खाएर मुरी उब्जनी हुने अपेक्षा गर्ने गरेका कृषकहरुलाई वर्षाको बेला र हिउँदको समयमा विभिन्न समस्याले आजित गर्ने गरेकाे गुनासो गर्ने गरेका छन् । 

प्रतिक्रिया