गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ०८:५८

त्रिवेणी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २५, २०८२
त्रिवेणी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा ः जिल्लाको त्रिवेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ त्रिवेणी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको ऐतिहासिक घोषणा गरेको हो ।

यस आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने पालिका माध्ये बाजुराका ९ स्थानिय तहमा त्रिवेणी नगरपालिका पहिलो पालिका रहको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन ।

नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।

प्रत्येक वडामा वडा स्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिने ब्यवस्था रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको त्रिबेणी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार राष्ट्रिय खोप तालिका अनुसार नगरका सबै वडाहरुमा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको जनाएको छ ।

यस उपलब्धिले त्रिवेणी नगरपालिकाले जनस्वास्थ्य, खोप कार्यक्रम तथा संस्थागत समन्वयमा गरेको प्रयासको मूर्त प्रमाण दिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमका सहभागीहरूले दिगो खोप सेवा प्रवाहका लागि आगामी दिनहरूमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

घोषणा कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा उप-प्रमुख कमला जोशी न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया