बाजुरा ः नेकपा (एमाले) बाजुराको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक बस्ने भएको छ । आगामी ज्येष्ठ १ गते सदरमुकाम मार्तडीमा बस्ने भएको छ ।
आठौं जिल्ला अधिवेशनका प्रतिनिधिहरुको प्रथम प्रतिनिधि बैठक बस्ने सचिव काँशी विकले बताएका छन् । अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले बैठकमा अनिवार्य सहभागी हुन् भनिएको छ ।
विगतका वर्षमा पार्टी जिल्ला कमिटीले प्रतिनिधि बैठक नगरेकोले यो बैठकलाई ऐतिहासिक बैठकको रुपमा लिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने गरी जिल्ला कमिटीले तयारी थालेको छ ।
प्रतिक्रिया