गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३८
Dho

एमसीसीको विरोध गर्न विप्लव नेकपाद्धारा विद्यार्थीको प्रयोग

pramit bk pramit bk
शुक्रबार, फागुन १३, २०७८
एमसीसीको विरोध गर्न विप्लव नेकपाद्धारा विद्यार्थीको प्रयोग

बाजुरा : नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले एमसीसीको विरोध गर्न बालबालिकाको प्रयोग गरेको छ । बाल अधिकार महासन्धी विपरित विद्यालयमै गएर जवरजस्त विद्यार्थीलाई एमसीसीको विरोध गर्न बालबालिका प्रयोग गरेको मालिका नमुना माविले बताएको छ ।

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा विप्लव नेतृत्वको नेकपाले प्रशासन घेराउ सहीत विरोध कार्यक्रम राखेको थियो । एमसीसी खारेजीको माग राखेर गरिएको विरोधमा मालिका नमुना माविका विद्यार्थीलाई प्रयोग गरिएको छ । जुन बाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी, बाल अधिकार विपरित कार्य हो । 

नेपालले पनि बालबालिकालाई कुनै युद्ध र विरोध तथा नारा जुलुसमा प्रयोग नगर्ने नीति लिएको छ । भने बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरेको छ । तर विप्लव नेतृत्वको नेकपाका नेताहरु डबल शाह, भुपेन्द्र विक, भरत थापा सहीतले अगुवाइ गरेको विरोध आन्दोलनमा विद्यार्थीको प्रयोग गरिएको छ ।

विप्लव नेतृत्वको आन्दोलनमा सहभागि आन्दोलनकारीहरुले विद्यालय हाता भित्र प्रवेश गरेर जवरजस्ती गरेको आरोप विद्यालयको छ । कक्षा कोठामा पढ्दै गरेका विद्यार्थीलाई उठाएर आन्दोलनमा सहभागि गराएको प्रति नागरिक अगुवाहरुको पनि आपत्ती छ ।

No description available.तर विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी भुपेन्द्र विकले भने आफूहरुले जवरजस्ती नगरेको दाबी गरेका छन् । हामीले एमसीसीको विरोधमा आन्दोलन छ, भनेपछि विद्यार्थीहरु स्वस्फुर्त आएका हुन्, विद्यालयमा गएर धम्की र जवरजस्ती कुनै गरेका छैनौं, विकले भन्नु भयो ।

एमसीसीका पक्षधरहरुलाई टाउको दुखेको हुन सक्छ, राष्ट्रियताको सवाल र देशको पक्षका लागि गरिएको आन्दोलनमा विद्यार्थी मात्र होइन, सबै नागरिक सहभागि हुनु पर्छ, विकले थप्नु भयो । एमसीसी विरोधमा नाराजुलुस सहीत विद्यार्थी सहीत विरोध कार्यक्रम गरिएको थियो । 

सहभागि विद्यार्थीहरुले पनि कक्षामै गएर बाध्य पारेपछि सहभागि भएको बताएका छन् । नारा लगाउनु बाध्यता थियो, धम्की नै दिए, हामी रहरले नभइ बाध्यताले नै आन्दोलनमा सहभागि भएको गुनासो विद्यार्थीको छ ।

यसै विषयमा अनेरास्ववियुले जवरजस्त विद्यार्थीलाई प्रयोग गरेको भन्दै आपत्ती जनाएको छ । शैक्षिक अभियान र बाल अधिकारका पक्षमा काम गर्ने संघ संस्थाले पनि विद्यालय हाताभित्रै बाटै ल्याएर आन्दोलनमा बालबालिका प्रयोग गर्नु दुखत विषय भएको बताएका छन् । 

No description available.विप्लव नेतृत्वको एमसीसी विरोधी कार्यक्रममा नेकपा माओवादी केन्द्र, सहीतका दलका नेताहरु पनि सहभागि थिए । माओवादी केन्द्रका कार्यालय सचिव गोरख सार्की सहीतका नेताहरु पनि बालबालिका नै सहभागि आन्दोलनमा सहभागिता रहेको थियो । 

प्रतिक्रिया