गाैमुल खबर डटकम मङ्गलबार ३०, बैशाख २०८२ ०१:२७

बडीमालिका क्याम्पसका सहायक प्राध्यापक मृत फेला

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २५, २०८२
बडीमालिका क्याम्पसका सहायक प्राध्यापक मृत फेला

बाजुरा : बाजुराको बडीमालिका क्याम्पसका सहायक प्राध्यापक नरेन्द्र थापा मृत अवस्थामा फेला परेका छन् । बुढीगंगा नगरपालिका-६ सायल घर भएका ३८ वर्षीया थापा सोही वडाको फालासैन बजार नजिक साँफे-मार्तडी सडकखण्डको बायाँ पट्टी नालीमा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

थापालाई बुधबार दिउँसो सडकको छेउमा मृत अवस्थामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिएका छन् । थापाको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ९/१० वर्षदेखि बडीमालिका क्याम्पसमा अध्यापन गरिरहेका थापाको अकल्पनीय देहावसानले सिङ्गो नगरपालिका शोकमा डुबेको छ । सामाजिक, शैक्षिक एवम् राजनीतिक क्षेत्रमा अपुरणीय क्षती समेत भएको छ । उनकाे श्रीमति एक छोरा एक छोरी सहारा विहिन भएका छन् । 

प्रतिक्रिया