गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ००:४०

सिरहामा भारी वर्षा, कमला नदीमा पानीको बहाब बढेपछि आवतजावत बन्द

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २३, २०८२
सिरहामा भारी वर्षा, कमला नदीमा पानीको बहाब बढेपछि आवतजावत बन्द

सिरहा : सोमबार रातिदेखि परेको वर्षाले  सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ । नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ ।

जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ । आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएका छन् । यहाँ पक्की पुल निर्माण भइरहेको थियो । त्यो सञ्चालन नहुँदै भाँसिएको थियो ।

बाँसको पुल भएपनि मोटरसाइकल र पैदलयात्रीलाई सामान्य सहज भइरहेको थियो । पुल निर्माणका लागि आफूहरूले पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको सिरहा नगरपालिका-६ वडा अध्यक्ष ईन्द्रजित यादवले बताए । 

प्रतिक्रिया