गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ००:१३

धनकुटामा बस दुर्घटना : तीन जनाको मृत्यु, ११ जना घाइते

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २३, २०८२
धनकुटामा बस दुर्घटना : तीन जनाको मृत्यु,  ११ जना घाइते

विराटनगर : धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर रहेकाे छ ।

सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस कोशी लोकमार्ग अन्तर्गत धनकुटाको धनकुटा नगरपालिक-६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, बस यात्रु भोजपुरको भोजपुर नगरपालिका-११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका-६  का ७३ वर्षीया कृष्ण कुमारी राई भुजेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा सुनसरी धरान उपमहानगरपालिका-१३ का ११ वर्षीय अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका-२ का ४८ वर्षीय कृष्ण राउत, भोजपुर षडानन्द नगरपालिका-१३ का २० वर्षीय सुर्यमणी तामाङ, भोजपुर पौवादुम्मा गापा-३ च्याङ्रेका ८० वर्षीय गंगा प्रसाद सापकोटा रहेका छन् । 

त्यसैगरी भोजपुरको भोजपुर नगरपालिका-११ की २४ वर्षीया सविना बराईली, भोजपुरको भोजपुर नगरपालिका-११ की ६० वर्षीया देवी विक, धनकुटाको साँगुरीगढी गापा-६ का ६० वर्षीय हंशबहादुर राई, भोजपुरको षडानन्दा नपा-११ बस्ने  ५१ वर्षीया पूर्णमाया तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका-४ का १७ वर्षीय आयुष राई, धनकुटाको धनकुटा नगरपालिक–६ का  ३४ वर्षीय धनकुमार विक, धनकुटाको साँगुरीगढी गाँउपालिका-६ की ६० वर्षीया दीर्घमाया राई पनि घाइते भएका छन् । यी मध्ये ई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया