बाजुरा : बुढीगंगा नगरपालिले सार्वजनिक सुनुवाइ गरेको छ । आर्थिक वर्ष २०८९/८० देखि २०८१/०८२ को चैत्रसम्म नगरपालिकाले सम्पादन गरेका गतिविधि सार्वजनिक गरेको हो ।
बुढीगंगा नगरपालिकाले प्रत्यक्ष नागरिकलाई सहभागि गराएर आर्थिक वर्षमा भए/गरेका आम्दानी खर्च तथा अन्य गतिविधिहरुको वार्षिक प्रगति विवरणको समीक्षा, गुनासो तथा सुझावको लागि सञ्चालन गरिएको सार्वजनिक सुनुवाइको प्रतिवेदन प्रस्तुत प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशीले गरेका थिए । भने सार्वजनिक सुनुवाइकाे सहजीकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका उपाध्यक्ष रमित वि.कले गरेका थिए ।
नगरपालिकाले १० वटै वडाको सार्वजनिक सुनुवाई सकाएर आज समग्र पालिकाको सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत र नागरिकलाई सिप सिकाएर आत्मनिर्भर बनाउनमा बढी जोड दिएको छ ।
नगरपालिकाले शिक्षा युवा तथा खेलकुद तर्फ स्थानीय पाट्यक्रम तथा पाठ्यपुस्तक निर्माण, विद्यार्थी मुल्याङ्कन अभिलेख पुस्तिका तथा गृहकार्य पुस्तिका र शिक्षक डायरीको व्यवस्थापन, अग्रेजी माध्यमबाट पठपाठन गर्ने विद्यालयलाइृ शिक्षक अनुदान, उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाईलाई प्रोत्साहन, विपन्न विद्यार्थीलाई छात्रवृत्ति सिकाई उपलब्धीका लागि उपचारात्मक शिक्षण, विद्यालयमाम कम्प्युटर प्रयोशाला व्यवस्थापन, इहाजिरी जडान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै रैथाने बाली प्रद्र्धनका लागि प्रत्यक्ष किसान लाभान्वित हुने गरी फापर, कागोनु, झुमरो पकेट क्षेत्र निर्माण, दलहन बाली पकेट क्षेत्र निर्माण, निःशुलक बाली संरक्षण सेवा, कृषि बाली पात्रो निर्माण गरिएको छ ।
बुढीगंगा नगरपालिकाले २०७९ को सुरुवातीदेखी नै पूर्वाधार विकासलाई विशेष जोड दिएको छ । एक वडा बाहेक अन्य वडा कार्यालयहरूले आफ्नै नयाँ प्रशासकीय भवनबाट सेवा सुचारू गरेका छन् ।
साबिकका ३ वटा गाविस जोड्ने सडकहरू पिच भैरहेका छन् । नगर यातायात गुरुयोजना, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन आदि निर्माण गरिएका छन् । भने राष्ट्रिय मापदण्ड अनुसार खेलमैदान निर्माण भैरहेको छ । सबै संरचनाहरू तोकिएको संरचना अनुसार बालमैत्री, अपाङ्गमैत्री निर्माण, फाइबर नेट जडान गरिएको बताईएको छ ।
त्यस्तै बुढीगंगा नगरपालिकाका नागरिकलाई बजारको माग अनुकूलको ज्ञान तथा सीप प्रदान गरी रोजगारीका अवसरहरूको उपयोग गर्न सक्षम, सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरेर बेरोजगारी र गरिबी न्यूनीकरण गर्ने उद्धेश्यले आर्थिक वर्ष २०८०/८१ देखि बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ ।
केन्द्रको सञ्चालनका लागि ऐन, कार्यविधिहरू निर्माण गरिएका छन् भने केन्द्रको आफ्नै भौतिक संरचना र मानव जनशक्ति रहेको छ । जसमा १६ जनाले व्यवसायिक रुपमा सिलाइ कटाइ सुरु गरी मासिक २० हजार बढी आम्दानी गरिरहेका छन् । भने हाल कटाई सिलाई तालिममा प्रशिक्षक उत्पादन भएका छन् ।
समुदायमा विद्युत जडानको काम गरेर आम्दानी गरिरहेका, घरायसी प्रयोजन र अन्य विद्युत सम्बन्धि काममा तालिम लिएपछि सहजता भएको, सहभागीले घरायसी प्रयोजनका लागि बाँसका सामग्री तयार गरिरहेका, व्यवसायिक सिप सम्बन्धी ज्ञान प्राप्त गरिएको बताईएको छ ।
त्यस्तै ओल्गापुरी भोकेसनल स्कुलमा इलेक्ट्रिकल, गार्मेन्ट टेलरिङ तालिमबाट ४ जनाको रोजगारीको ग्यारेन्टी भएको, महिलाहरुका लागि १० दिने अचार तयारी तालिम सञ्चालन, एक जनाले व्यवसाय दर्ता गरी अचार उत्पादन सुरु गरेका, धागोको चुरा तथा क्रिस्टल गहना निर्माण तालिम दिईएको, आधारभूत कम्प्युटर तालिम, लुगा धुने सोडा साबुन, हर्पिक, फिनायल बनाउने तालिम सञ्चालन गरी सिप विकास केन्द्र फिनायल उत्पादन उद्योग सुरु गर्ने योजना रहेको बताईएको छ ।
बुढीगंगा नगरपालिका आर्थिक वर्ष २०७९/८० मा ६७.६८ प्रतिशत बजेट खर्च भएको छ । भने २०८०/८१ मा ८९.४३ प्रतिशत र आर्थिक वर्ष २०८१/०८२ मा ४९.४७ प्रतिशत बजेट खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले आफ्ना आधारभूत आवश्यकता विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागिहरुले नगरको भौतिक विकासप्रति सन्तुष्टी जनाउँदै थप जनताका आवश्यकतालाई परिपुर्ति गर्न आब्हान समेत गरेका थिए । भने सहभागिताहरुबाट उठेका प्रश्नहरुको जिज्ञासा नगर प्रमुख राम बहादुर बानियाँले मेटाएका थिए ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा उप-प्रमुख माया कवँर खड्का, नगर प्रवक्ता हेमराज जोशी, प्रमुख प्रशासकीय अधिकृत अमर राज जोशी, कर्मचारी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न संस्थाका प्रतिनिधी, नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधी, पत्रकार लगायतको भव्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया