गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०६:५३

कुवेतमा बिरामी मनपुरा मल्लको पीडा “म नेपाली हैन जस्तो लाग्छ सरकार ? चाँडै उद्धार गरोस्”

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १७, २०८२
कुवेतमा बिरामी मनपुरा मल्लको पीडा “म नेपाली हैन जस्तो लाग्छ सरकार ? चाँडै उद्धार गरोस्”

बाजुरा ः बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-४ फैति गाउँकी मनपुरा मल्ल कुवेत आएको दुई महिना भयो । आफू बिरामी भएको पनि दुई महिना भैसकेको उनको भनाइ छ । कम्पनी काम छोडेको पनि एक महिना हुन लागेको छ । बिरामी भएर मर्न र बाच्नको दोसाँधमा रहेको छु ।

आफुले नेपाल उद्धार नहुदा कि आफू नेपाली होइन कि कित आफूलाई उद्धार गर्न नचाहेको पीडित मल्लले बताएकी छन । कि गरिब छोरी भनेर हेलाँ गरेको होकी उनले बताए । नेपाल सरकार जसरी हुन्छ उद्धार गरोस् भनेर सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ ।

आफ्नो कुवेतबाट नेपालमा छिट्टै उद्धार गरोस् भनेर आग्रह समेत गरेकी छन । नेपालमा आफ्नो उद्धार होस, विदेशमा बिरामी भएर मर्न लागेको उनलेे बताए । नेपालमा कोही पनि दाजुभाइ र दिदीबहिनी नभएको जस्तो महसुस भएको छु ।

बिरामी भएको दुई महिना भैसकेको पनि अहिलेसम्म नेपालमा उद्धार गर्न सकेको छैन । कुवेत रहेकी मल्ल अहिले बिदेशमा बिमारी भएर दुई महिना हुँदा मर्नु न बाच्नु को दोसाँधमा रहेकी नेपाल सरकारले चाडैं उद्धार लागि आग्रह समेत गरेकी छ्न ।

प्रतिक्रिया