गाैमुल खबर डटकम मङ्गलबार ३०, बैशाख २०८२ ००:३१

नगरको विकास गर्न गालीका वर्षा दिनुस् : प्रमुख बाँनिया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १७, २०८२
नगरको विकास गर्न गालीका वर्षा दिनुस् : प्रमुख बाँनिया

बाजुरा ः बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले नगरको समग्र विकास गर्नका लागि गालीका वर्षा दिन आग्रह गरेका छन् । नगर सरकारको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकका प्रश्न र गुनासाको जवाफ दिदैं उनले यस्तो बताएका छन् ।

सबैभन्दा बढी नगरका नागरिकको गाली र ताली दुबै आफुहरुका लागि आवश्यक पर्ने भएका कारण नागरिकले सकेजति गाली गर्न जरुरी रहेको बताएका छन् । नगरका गतिविधि केन्द्रीत टिप्पणीहरु होटेल, पसल र अन्य ठाउँमा नगरी प्रत्यक्ष जनप्रतिनिधिहरुसंग गर्न अनुरोध गरेका छन् ।

नगर प्रमुख बाँनियाले भने, ‘आफुहरुलाई जनताले अमूल्य मत दिएर काम गर भनेको छन्, त्यसैले गाली गर्ने अधिकार पनि जनताको छ । तर सोसल मिडिया र अनाश्यक समयमा हैन प्रत्यक्ष आफुहरुसंग राख्दा नगरको समृद्धि र विकासमा थप टेवा पुग्ने विश्वास गरेका छन् ।

आफुहरु कार्यकालको पाँच वर्षमा कुनै काम बिगारेर गए भन्ने जनप्रतिनिधिको पहिचान नदिने कुरामा विश्वास गर्न समेत अनुरोध गरेका छन् । जिल्लाको ९ वटा स्थानीय तहमध्ये सुशासनको पक्षमा बुढीगंगा नगरपालिका अब्बल सावित गर्ने संकल्प रहेको बताएका छन् ।

नगरको नीति अनुसार नै बजेट कार्यान्वयन भएकोमा जोड दिदैं समृद्धितिर नगर लिनका लागि कृषिलाई आधुनिकिकरण गर्ने योजना रहेको बताएका छन् । नगरकै बजेटबाट साहस गरेर साविकका तीनवटा गाविस जोड्ने गरी सडकहरु कालोपत्र गर्ने नगर सरकार सुदूरपश्चिममै पहिलो बुढीगंगा भएको बताएका छन् ।

सीप विकास केन्द्र मार्फत आफ्नै स्वामीत्वमा हुने गरी बेरोजगार युवायुवती तथा कोरा युवाहरुलाई विभिन्न खालका सीप दिईरहेको उल्लेख गरेका छन् । नगरको सर्वाङ्गीण विकासका लागि सबैको सरसल्लाह बमोजिम नै आफुहरु अगाडी बढ्ने वचन दिदैं सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
 

प्रतिक्रिया