गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०५:२०

नेकपा एमाले अछामको अध्यक्षमा उपाध्याय चयन

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १७, २०८२
नेकपा एमाले अछामको अध्यक्षमा उपाध्याय चयन

अछामः नेकपा एमाले अछामको अध्यक्षमा शिव प्रसाद उपाध्याय चयन भएका छन। ९औं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो। 

यस्तै अधिवेशनबाट तिलक कुवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव चयन भएका छन । अन्य ३१ जना सदस्यमा चयन भएका छन्। गत शनिबार पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले ९औं अधिवेशनको उद्घाटन् गरेका थिए।

प्रतिक्रिया