गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०१:४०

बझाङमा महिलाको शव फेला

बझाङ
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १५, २०८२
बझाङमा महिलाको शव फेला

बझाङ ः बझाङको खप्तडछान्ना गाउँपालिका-५, छात्र बस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ। शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ।

थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन्। परिवारजनले खोजतलास गर्दा आइतवार बिहान नानीगाडको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा विशेष अनुसन्धान टोलीसहितको प्रहरी टोली परिचालन गरिएको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया