गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०१:३२

कर्णाली नदीमा खसेर युवक बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १५, २०८२
कर्णाली नदीमा खसेर युवक बेपत्ता

बाजुरा ः बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका-१३ का २७ वर्षीया नरेन्द्र परियार रहेका छन ।

कर्णाली करिडोर सडकखण्ड अन्तर्गत जगन्नाथ गाउँपालिका-६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारको खोजीका लागि जगन्नाथ जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थल पुगेर खोजी कार्य गरिरहेको छ ।
 

प्रतिक्रिया