गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०१:२९

कैलालीबाट हतकडी सहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, दुई जना प्रहरी निलम्बन

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १५, २०८२
कैलालीबाट हतकडी सहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, दुई जना प्रहरी निलम्बन

धनगढी ः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलकाे कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतकाे पलियाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे । उनकाअनुसार दमाईलाई पलियामा लुकेकाे अवस्थामा पक्राउ गरिएकाे हाे । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी  दमाईलाई म्याद थपका सरकारी वकिलकाे कार्यालय लगेका बेला भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेकाे घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ । दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लाेकराज जाेशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए ।

प्रतिक्रिया