गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३५
Dho

बाजुरामा बाख्रा चराउन गएकी वृद्धाको भीरबाट लडेर मृत्यु

गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन २८, २०८०
बाजुरामा बाख्रा चराउन गएकी वृद्धाको भीरबाट लडेर मृत्यु

बाजुरा : बुढीगंगा नगरपालिका-५ सराप्लामा एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको छ । ७१ वर्षीया वृद्धा खन्टीदेवी रेग्मीको बाख्रा चराउन गएको बेला भीरबाट मृत्यु भएको हो । सराप्लाको फणिण्डे भीरबाट करिब २ सय मिटर खसेर ज्यान गएको आफन्त केपी रेग्मीले जानकारी दिएका छन् । 

वृद्धा रेग्मी दिनमा बाख्रा चराउन जंगल जाने गरेकी थिइन् । बुढा बुढी र अविवाहीत छोरी मात्रै भएकोले ती वृद्धालाई बाख्रा चराउन जानु पर्ने बाध्यता नै थियो । बाजुरामा भीरबाट लडेर मृत्युहुने क्रम बढीरहेको छ । 

प्रतिक्रिया