गाैमुल खबर डटकम सोमबार १६, भदौ २०८२ ०६:०९

साँफेहाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १३, २०८२
साँफेहाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट

बाजुरा ः अछामको साँफेहाटबजारमा भीषण आगलागी हुँदा १० बढी वटा पसल जलेर नष्ट भएका छन् । शनिबार बिहान साढे ३ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटबजारमा आगलागी भएको हो ।

शुभच्छा होटलबाट विद्युतको तार सर्ट भई सल्कीएको आगोले १० वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तीव्र बेगका कारण क्षणभरमै शुभेच्छा होटलबाट आगो सल्किदै अन्य पसलमा आगो पुगेको हो ।

आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । तर, बारूणयन्त्रको अभावमा साँफेहाटबजारमा ठूलो क्षति भएको छ ।

आगलागीका कारण मानवीय क्षति नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन् ।
 

प्रतिक्रिया