गाैमुल खबर डटकम शनिबार १३, बैशाख २०८२ ०१:१०

देवता आयो भनेर पुतुरियाका तीन जना मध्ये १ एक जनाको बुढीगंगामा डुबेर मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख १२, २०८२
देवता आयो भनेर पुतुरियाका तीन जना मध्ये १ एक जनाको बुढीगंगामा डुबेर मृत्यु

बाजुरा ः बुढीगंगा नदीमा डुबेर एकजनाको ज्यान गएको छ । विगत केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरु पितृको कार्य गरिरहेका थिए । वर्ष ३२ की अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर बुढीगंगा नदीले बगाएपछि उनलाई बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।

नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको बुझिएको छ । वर्ष २७ को दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएकी छन् ।

मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालमा मृत घोषणा गरेको थियो । बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुई जना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए ।

प्रतिक्रिया