बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीको सरुवा भएको छ । ०८० चैत्र ८ गते सरुवा भएर बाजुरा आएका गिरीको सरुवा भएको हो ।
सरुवा भएर बाजुरा आएका गिरीले शान्ति सुरक्षा अमन चयनमा महत्वपूर्ण भूमिका खेलेका छन् । समाजमा स्थायित्व, स्वतन्त्रता र लोकतान्त्रिक प्रक्रिया चुस्त दुरुस्त र अब्बल स्थापित गिरीले गरेका छन् ।
विगतका कतिपय प्रहरी प्रमुख विवादित भएर जिल्ला बाहिर गएको भएपनि गिरी भने सरुवा भएर औपचारिक रुपमा जिल्ला छोड्दैछन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको सरुवा सम्बन्धी सूचना अनुसार गिरीको सर्वोच्च÷विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई रामशाहपथमा भएको छ ।
त्यस्तै गिरीको सरुवापछि बाजुरा प्रहरी प्रमुखमा इकबाल हवारी आउने भएका छन् । उनी राष्ट्रिय सुरक्षा परिषद् सचिवालयबाट सरुवा भएर बाजुरा आउन लागेका हुन् ।
प्रतिक्रिया