गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८२ ०६:४१

कक्षा १२ को परीक्षा नहुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख ०९, २०८२
कक्षा १२ को परीक्षा नहुने

काठमाडौं : कक्षा-१२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो।

बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

प्रतिक्रिया