बाजुरा : नेकपा (एमाले) बाजुराले कम्युनिष्ट पार्टीे स्थापना दिवस मनाएको छ । बाजुरा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरी पार्टीको ७६ औं स्थापना दिवस मनाएको हो । नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७६ वर्ष पुरा भएको छ ।
विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो । २५ बढी उपचारार्थ विरामीलाई फलफूल वितरण गरेर दिवस मनाएको नेकपा (एमाले) बाजुराले बताएको छ । स्थापना दिवसको अवसरमा गरिएको फलफूल वितरण विरामीका लागि उर्जा र शुभेच्छा हुने बाजुरा अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले विश्वास व्यक्त गरेका छन् ।
फलफूल वितरण कार्यक्रममा नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश सदस्य, जनसंगठनका प्रमुख एवं प्रतिनिधी सहभागी रहेको एमाले नेता धर्मराज पाध्यायले जानकारी दिएका छन् ।
७६ वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९) मा आजकै दिन भारतको कोलकत्ताको श्यामबजार स्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले देशव्यापी कार्यक्रम आयोजना गरि मनाएको छ ।
प्रतिक्रिया