गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०१:०३

सडकमा गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख ०९, २०८२
सडकमा गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

बाजुरा ःसाँफे मार्तडी सडकखण्डको बीचमा पर्ने डाबदेखि बल्देसम्मको बीच सडकमा स्थानीयले गहुँ सुकाउदाँ दुर्घटनाको जोखिम बढेको छ । स्थानीयले सडकखण्डको बीचमा गहुँ, जौं लगायत सुकाउने र सडकमै चुट्ने गरी बेवारिसे अवस्थामा छोड्ने गरेका कारण दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीले बताएका छन् ।

सडकको बीच-बीचमा स्थानीयले गहुँ राखेका कारण समस्या सिर्जना भएका कारण प्रहरीले नियन्त्रण गरेको भएपछि उल्टै स्थानीय आक्रोशित हुने गरेको बुझिएको छ । परम्परागत रुपमा बाजुराका कतिपय ठाउँमा भाँडखलो वा खलोको रुपमा प्रयोग गरेर गहुँ, जौं लगायत अन्नबाली चुट्ने परम्परा रहेको थियो ।

तर पछिल्लो समय स्थानीय उक्त कुरा छोडेर खेतबारीबाट गहुँ वा जौं ल्याएर सडकमा राख्ने कुराले समाज अल्छी बनेको हो की ? भन्ने समेत कतिपयको भनाई रहेको छ । यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले प्रहरीले सडकमा राखेका गहुँ नियमन गर्न खोजेपनि उल्टो राख्ने गरेको बताएका छन् ।

स्थानीय सरकारले नियन्त्रणका लागि भूमिका खेल्नका लागि अनुरोध गर्दै आधुनिक मेसिनको प्रबन्ध गर्नुपर्नेको पाध्याको भनाई रहेको छ । साँफे मार्तडी सडकसंगै अन्य ग्रामीण सडकमा समेत स्थानीयले गहुँ राखेको कारण सडक दुर्घटनाको जोखिम उच्च बढेको छ ।

यसको समयमै नियमन नगरेमा ठूलो दुर्घटना हुने देखिन्छ । उता बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले नियमन गर्नका लागि आवश्यक प्रयास जारी रहेको बताएका छन् । तत्काल समस्या हल गर्ने गरी लागेकाे नगर प्रमुख  बाँनियाले बताए ।

प्रतिक्रिया