गाैमुल खबर डटकम सोमबार ०८, बैशाख २०८२ ११:३८

प्रेस युनियन बाजुरामै फुट, कार्यालय स्थापनामा दुई गुट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख ०८, २०८२
प्रेस युनियन बाजुरामै फुट, कार्यालय स्थापनामा दुई गुट

बाजुरा : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कार्यालय स्थापना गरेको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुुराले करिब २० बर्षपछी कार्यालय स्थापना गरेको हो । कार्यालय स्थापनाको उद्घाटन नेपाली काँग्रेस बाजुराका पुर्वपार्टी सभापती कविराज पण्डितले गर्नुभएको हो । नयाँ बर्षको अबसर पारी नेपाल प्रेस युनियन बाजुुराले आफ्नै कार्यालय स्थापना गरेको सचिव रामबहादुर विकले बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरालाई चलायनमान गर्न र युनियलाई संस्थागत रुपमा अगाडी बढाउने उदेस्यका साथ कार्यालय स्थापना गरिएको सचिव विकले बताउनुभयो । बाजुरा जस्तो दुर्गम क्षेत्रमा प्रेस युनियनले आफ्नै कार्यालय स्थापना गरि कार्यालय सूचारु गरेको प्रेस युनियन बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाले बताएकी छन् । कार्यालय स्थापनाले गर्दा संस्थाको काम गर्न सरल,सजिलो हुने भएकाले कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।

यसगर्दा संस्थागत रुपमा परिवर्तन आउने विश्वास उहाँले गर्नुभएको छ । प्रेस युनियन बाजुराले कार्यालय स्थापना सहित बार्षिक क्यालेन्डर समेत प्रकाशित गरेको छ । नयाँ बर्ष २०८२ सालमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कार्यालय स्थापना सहित बार्षिक क्यालेन्डर प्रकाशित गरेको जनाएको छ । आईतबार एक औपचारिक कार्यक्रमका साथ नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापती कविराज पण्डितले रिवन काटेर कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटन संगै क्यालेन्डर अनावरण नेपाली काँग्रेस बाजुराका पार्टि उपसभापती पदम बडुवाले गर्नुभएको थियो । त्यस्तै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समिती सदस्य धनराज पण्डितले मैनबतीद्धारा कार्यालय स्थापना भएको खुसी व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा पुर्वपार्टी सभापती कविराज पण्डितले प्रेस युनियन बाजुरा शाखालाई धन्यावाद व्यक्त गुर्नभयो ।

प्रेस युनियन बाजुरा शाखालाई बलियो बनाउन उहाँले आग्रह गुर्नभएको छ । देशको परिवर्तनको संवाहक नै पत्रकारिता क्षेत्र भएकाले त्यसकारण प्रेस युनियनले बलियो हुन सुझाव दिनुभयो । त्यस्तै धनराज पण्डित पनि धन्यवाद दिनुभएको छ । कार्यालय स्थापना गर्नुनै चुनौती पुर्ण अवस्था थियो,तर युनियन बाजुराले कार्यालय स्थापना गरेको प्रती आफुले गौरव महसुस गरेको उहाँले बताउनुभयो ।

त्यसैगरि पार्टी उपसभापती पदम बडुवाले कार्यालय स्थापना संगै आफ्नो पेशालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । यहाँका दुरदराजका नागरिका सवाल र भष्टाचार,बेथीतीका विरुद्ध पत्रकारले कलम चलाउनुपर्ने उहाँले आग्रह गर्नुभयो । त्यस्तै गरि पार्टि सचिव तथा स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले समेत प्रेस युनियन बाजुरालाई धन्यवाद दिनुभएको छ । प्रेस युनियन बाजुरालाई बलियो बनाउन आफ्नो साथ,सहयोग सधै रहने उहाँले बताउनुभयो ।

विषेश गरि यहाँका दुर्गम क्षेत्रका सवाललाई उठान गर्नुपर्नेमा उहाँले जोडदिनुभयो । प्रेस युनियन बाजुरालाई बलियो र सुदृढ बनाउन सबैले लाग्नुपर्ने उहाँको भनाई छ । नेपाली काँग्रेस बडीमालिका नगरकार्य समिती सभापती गोपाल कार्कीले युनियनले एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । प्रेस युनियन बाजुराले कार्यालय स्थापना संगै बार्षिक क्यालेन्डर प्रकाशित गर्नुनै राम्रो काम भएको प्रशसा गर्नुभएको छ ।

त्यसैगरि नेपाल प्रेस युनियन पुर्व केन्द्रिय सदस्य दयाराम पण्डितले प्रेस युनियन बाजुरालाई संस्थागत रुपमा अगाडी बढाएको प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विगतका दिनलाई स्मरण गर्दै आफुले जन्माएको संस्थाले यती धेरै प्रगती गर्नुनै खुशीको क्षण भएको बताएका छन् । पछिल्लो समय पत्रकारिता क्षेत्रमा खोजपत्रकारिताको आवश्यक रहेको बताउनुभयो ।

सबै पत्रकारहरुले सत्य,तथ्य समाचार लेख्न उहाँले आग्रह गर्नुभएको छ । प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती पुर्वपार्टी सभापती कविराज पण्डित रहेका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अथिती प्रदेश समिती प्रचार,प्रसार विभाग प्रमुख धनराज पण्डित,पार्टि उपसभापती पदम बडुवाल,पार्टिसचिव भरतबहादुर रोकाया रहेका थिए । त्यस्तै कार्यक्रममा काँग्रेस नगरसभापती गोपाल कार्की,प्रेस युनिय पुर्व केन्द्रिय सदस्य दयाराम पण्डित,नेविसंघ जिल्ला अध्यक्ष जनक थापा,प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायतको सहभागिता रहेको थियो ।

यता प्रेस युनियन बाजुरा संस्थापक अध्यक्ष छक्क मल्ल, निवर्तमान अध्यक्ष प्रेम रौले र कोषाध्यक्ष जनक बोहराले कार्यक्रम नै बहिष्कार गरेका छन् । निश्चित केही व्यक्तिको युनियन बनाएको, गुटबन्दी गरेको, उनीहरुले दलाली गरेको, भ्रष्ट्राचार गरेको सहकार्य नगरेको जस्ता आरोप लगाएर उनीहरुले बहिष्कार गरेका छन् । उनीहरुले घरमै गएर गोली हान्ने, निर्मम तरिकाले कुटपिट गर्ने जस्ता आक्रोशहरु सोसल मिडियामा छरपष्ट लेखेका छन् । 
 

 

प्रतिक्रिया