गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३९
Dho

एसईई ग्रेडवृद्धि परीक्षामा बाजुराबाट १ हजार २ सय विद्यार्थी सहभागी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन २६, २०८०
एसईई ग्रेडवृद्धि परीक्षामा बाजुराबाट १ हजार २ सय विद्यार्थी सहभागी

बाजुरा : माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा आजबाट सुरु भएको छ । जिल्लामा एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा लागि १ हजार २ सय ७९ विद्यार्थीहरु सहभागी  भएका छन् । गत चैत्र १७ गतेबाट सञ्चालन भएको एसईई परीक्षा दिई केही बिषयहरुमा उतिर्ण हुन नसकेका र ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरु सहभागी  भएको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।
जिल्लामा ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल १ हजार २ सय विद्यार्थीले परीक्षाको फारम परेको थियो । जिल्लाभरका ५४ वटा माध्यामिक विद्यालयका छात्रछात्रा ग्रेडवुद्धि परीक्षा दिदैछन् । गत असार २३ मा सार्वजनिक भएको एसईई परिक्षाको नतिजाले बाजुरामा सबै भन्दा बढी गणित र अङग्रेजीमा अनुत्तीर्ण भएका हुन् । बाजुरा सदरमुकाम मार्तडीमा हुने परीक्षाका लागि पाँच वटा परीक्षा केन्द्रहरु  तोकिएका छन । जस अनुसार (क) र (ख) मालिका मावि, (ग) क्रेटोर जोन एकेडेमी, (घ) बाजुरा क्याम्पस र (ङ्ग) बालमन्दिर आधारभूत विद्यालयहरुलाई परीक्षा केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया