गाैमुल खबर डटकम शनिबार ०६, बैशाख २०८२ ०६:२१

आँखा अस्पताल बाजुराका प्रमुख लागू औषध सहित पक्राउ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०५, २०८२
आँखा अस्पताल बाजुराका प्रमुख लागू औषध सहित पक्राउ

बाजुरा ः गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु. निगम बाँनिया लागू औषध सहित पक्राउ परेका छन् । आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बाँनियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागू औषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका-४ का २८ वर्षीय बानिया र त्रिवेणी नगरपालिका-८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई लागू औषध खैरो हेरोईन सहित पक्राउ गरिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बाँनियाले चलाएको लुप्रप्र ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडी सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्लाष्टिक सहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको डीएसपी बोहराले बताए ।

विशेष सूचनाका आधार जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको टोलीले यो अप्रेशन गरेको हो । दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया