काठमाडौं : हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्ला आसपासको क्षेत्रमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यसैगरी कोशी प्रदेशको सोलुखुम्बु जिल्ला आसपासको क्षेत्र तथा कर्णाली प्रदेशको जुम्ला र दैलेख जिल्ला आसपासको क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। उक्त वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व सर्दै गरेकोले केही समय पछि उक्त स्थानहरूमा वर्षा हुने देखिएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया