बाजुरा ः चट्याङ लागेर ९ महिने बालिकाकाे मृत्यु भएको छ । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका–१ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको बताएका छन् ।
उनका अनुसार चट्याङ लागेर मृतक बालिकाकाे आमा अन्दाजी २८ की सञ्जीता सार्की घाइते भएकी छन् । उनको शरीरको विभिन्न भाग जलेको छ । उनको जिल्ला अस्पतालमा उपचार जारी रहेको छ ।
प्रतिक्रिया