गाैमुल खबर डटकम बिहीबार ०४, बैशाख २०८२ ०७:३३

विद्युत अनियमित हुँदा उपभोक्ता हैरान, प्राधिकरण बहानाबाजीमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २५, २०८१
विद्युत अनियमित हुँदा उपभोक्ता हैरान, प्राधिकरण बहानाबाजीमा

बाजुरा ः नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रको विद्युत अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बाजुरामा नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । पटक पटक जाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ ।

नेपाल लोडसेडिङमुक्त भनिए पनि बाजुराका नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन् । जसले बाजुराबासी पुरानै नियति खेप्न बाध्य छन् । बाजुरा सदरमुकाम मार्तडी लगायतका केही क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण गरेको छ ।

तर उक्त विद्युत अनियमित हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ । ‘बत्ति कतिखेर आउँछ जान्छ थाहा नै हुँदैन,’ युवा व्यवसायी लक्ष्मण रोकायाले भने, ‘विद्युत हुनु र नहुनुमा फरक छैन ।’

झ्याप्प झ्याप्प बत्ती जाँदा दैनिक काम प्रभावित हुने स्थानीय व्यवसायीले बताएका छन् । ‘बत्ती एकछिन आएर एकै छिनमा जान्छ,’ स्थानीय उपभोक्ताले भने, ‘बत्ती आउने जाने हुँदा काम नै हुँदैन ।’

लोडसेडिङको तालिका नभए पनि अनियमित हुँदा समस्या भएको उनको भनाई रहेको छ । पटकपटक आउने जाने हुँदा विद्युतीय सामग्रीमा समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाई छ ।

विद्युत नहुँदा धेरै काम प्रभावित हुने भन्दै उनले प्राधिकरणको लापरबाहीले भएको बताउँछन् । कतिपयले विद्युत प्राधिकरण मर्मतका नाममा लुटतन्त्र गरिरहेको आरोप लगाउने गरेका छन् ।

विद्युत प्राधिकरणले भने अन्य कुनै कारण नभइ केही प्राविधिक कारणले विद्युत आउनेजाने भएको बाजुरा वितरण केन्द्र प्रमुख राजेश कुमार झाले बताएका छन् ।

‘कतिपय अवस्थामा विद्युत तारमा चरा तथा रुखका खाँगा पर्दा पनि विद्युत जाने गर्छ,’ विद्युत प्राविधिकरण वितरण केन्द्र उनले भने, ‘त्यस्तै अवस्थामा पनि विद्युत जाने आउने गरेको हो । 
 

प्रतिक्रिया