गाैमुल खबर डटकम बिहीबार ०४, बैशाख २०८२ ०३:१५

सांसदकाे अवराेधबीच सुदूरपश्चिम प्रदेश सभाकाे अधिवेशन अन्त्य, प्रतिपक्ष हेरेकाे हेर्यै

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २५, २०८१
सांसदकाे अवराेधबीच सुदूरपश्चिम प्रदेश सभाकाे अधिवेशन अन्त्य, प्रतिपक्ष हेरेकाे हेर्यै

धनगढी ः सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाकाे जारी अधिवेशन अन्त्य गरेका छन् । साेमबार बसेकाे प्रदेश मन्त्रीपरिषद्काे बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रमुख प्रमुखलाई सिफारिस गरेकाे थियो ।

सरकारकाे सिफारिसका आधारमा नै प्रदेश प्रमुख मियाँले साेमबार राति १२ बजेदेखि लागू हुनेगरी संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयले अधिवेशन अन्त्य गरेकाे सूचना सबै प्रदेश सभा सदस्यहरूलाई राति नै जानकारी गराइसकेको छ ।२७ साउन २०८१ मा प्रदेश प्रमुखले सभाकाे पाँचौ अधिवेशन आह्वान गरेका थिए ।

सुदूरपश्चिममा प्रतिपक्षी दलले लगातार प्रदेश सभामा अवराेध सिर्जना गर्दै आएपछि बैठक अघि बढ्न सकेकाे थिएन तर सरकारले भने प्रतिपक्षी दलकाे विराेधकैबीच अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाे हाे ।

प्रतिक्रिया