बाजुरा ः बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले कलङ्कित जनप्रतिनिधिको पहिचान नदिने बताएका छन् । बुढीगंगा नगरपालिका-८ नम्बर वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नगर प्रमुख बाँनियाले सीमित बजेटका बीच असीमित आवश्यकता पुरागर्नु पर्ने बाध्यता भएपछि आगामी बजेटमा जनतासँग जोडिएका र अति आवश्यक भएका योजनालाई प्राथमिकतामा राख्ने र रोजगारी सिर्जना गर्न सकिने कार्यक्रमलाई जोड दिने बताएका छन् ।
नगरका साविकका गाविस जोड्ने तीनवटा सडक कालोपत्रे गर्ने गरी ३३ करोडको बहुवर्षीय ठेक्का सम्झौता गरेको बताउदैं ५ वर्षको लोक सेवा पासमा सकेजति काम गर्ने बताएका छन् ।
पालिकाको आफ्नै साधन स्रोतले सडक कालोपत्र गर्ने नगर बुढीगंगा मात्र भएको उल्लेख गर्दै काम गर्ने जोस जाँगर समेत दिन जनतालाई आग्रह गरेका छन् ।
नगरमा सीप विकास केन्द्र नै सञ्चालन गरेर विभिन्न व्यवसायीक तालिम प्रदान गरिरहेको उल्लेख गर्दै युवाहरुको बेरोजगारी समस्या हटाउने प्रयत्न जारी रहेको बताए ।
नगर सरकारले काम गर्न खोजेकोले यसमा जनताको उत्तिकै साथ सहयोग दिन जरुरी हुने बताएका छन् । सरकार सबैको साझा भएर अघि बढ्ने समेत बताए ।
सरकार र जनताबीचको सम्बन्ध सुमधुर हुने गरी वडा सरकार र नगरले अढाई वर्षमा गरेका कामहरु सार्वजनिक गर्ने गरी कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।
सार्वजनिक सुनुवाइ १० वटै वडामा गरिने भएको छ । जनतालाई सुशासनको अनुभूति हुने गरी नगरपालिकामा समेत आयोजना गरिने समेत तयारी रहेकाे छ ।
प्रतिक्रिया