गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०४:४५

निराशा मात्र नबाडौं, आशा पनि बाडौं ः पूर्व सभापति रावल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २५, २०८१
निराशा मात्र नबाडौं, आशा पनि बाडौं ः पूर्व सभापति रावल

बाजुरा ः नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका पूर्व पार्टी सभापति मनबहादुर रावलले जनताहरु पछिल्लो समय निराशा मात्र बाड्न थालेका बताएका छन् । बुढीगंगा नगरपालिका-८ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन् ।

दुई ठुला पार्टी मिलेर बहुमतको सरकार बनाएर देश र जनताको पक्षमा काम गर्ने गरी गठन भएको स्मरण गराउदैं जनताहरुले निराश हुनुपर्ने स्थिति नरहेको बताएका छन् । उनले,‘भने पछिल्लो समय जनताहरु निराशा मात्र बाड्न थाले आशाका कुरा छैन् ।’ आशाका पनि कुरा गरौं ।

बुढीगंगा नगरपालिकाले गरेका सकारात्मक र नकारात्मक दुबै कुराको विरोध र समर्थन गर्दै रावलले नगर सरकारले गरेका गतिविधि प्रति सन्तृष्टि व्यक्त गरेका छन् ।

नगर प्रमुख रामबहादुर बाँनियाको सडक र शिक्षामा बढी जोड दिने इच्छा नगर प्रमुख नहुनु पूर्व नै रहेको बताउँदैं तीन ठुला सडक नगरले नैं निर्माण गर्नु गर्वको विषयमा भएको उल्लेख गरेका छन् ।

“शिक्षा, स्वास्थ, कृषि पर्यटन र पूर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मुल नारा लिएको बुढीगंगा सरकार ९ वटा स्थानीय तह मध्ये काम गरिरहेकोमा जोड दिएका छन् ।

नगर प्रमुख र उपप्रमुखको विरोध गरेर मात्र हुने नभई भए गरेका कामको समेत उत्तिकै समर्थन गर्न जरुरी रहेकोमा रावलको जोड थियो । देशमा बद्मासहरुको सेवा गर्दा गर्दै तीनै तहका सरकार हैरान भएको बताउदै निराशा चिर्नका लागि सबैको भूमिका रहने बताएका छन् । 

प्रतिक्रिया