गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०३:५२

बुढीगंगा-८ को सार्वजनिक सुनुवाइ सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २५, २०८१
बुढीगंगा-८ को सार्वजनिक सुनुवाइ सम्पन्न

बाजुरा ः बुढीगंगा नगरपालिका-८ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गर्ने काम कारबाही बारे जानकारी र सुशासनको अवस्था बारे खुला छलफल सहित सार्वजनिक सुनुवाई गरेको हो ।

“शिक्षा, स्वास्थ, कृषि पर्यटन र पूर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मुल नारा सहित सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना वडा अध्यक्ष रमेश रावलले जानकारी दिएका छन् ।

वडा कार्यालयका तर्फबाट २०७९ साउनदेखि २०८१ फागुन सम्म गरेका गतिविधि बारे जानकारी गराउने र जनताका गुनासा र सुझाव सुन्ने गरी जनप्रतिनिधि पनि कार्यक्रममा सहभागी हुने गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विकले सहजीकरण गर्नु भएको कार्यक्रममा वडाका स्थानीय, वडा अध्यक्ष रमेश बहादुर रावल, नगर प्रमुख रामबहादुर बाँनिया, उपप्रमुख माया कुँवर, काँग्रेस पूर्व सभापति मनबहादुर रावल, निवर्तमान वडा अध्यक्ष टेकबहादुर रावल सहित सहभागी थिए । कार्यक्रमको सञ्चालन वडा सचिव विवेक शाहले गरेका हुन् ।

प्रतिक्रिया