गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०३:२९

एमाले बाजुराको शुभकामना सन्देश : केही नभएको भन्ने छैन्, निराशा हटाउन थप काम देखाउनुपर्छ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २३, २०८१
एमाले बाजुराको शुभकामना सन्देश : केही नभएको भन्ने छैन्, निराशा हटाउन थप काम देखाउनुपर्छ

बाजुरा : नेकपा एमाले बाजुराले नयाँ वर्षको अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । आपसी एकता र सद्भावका लागि नयाँ वर्ष २०८२ बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नेताहरुले सामाजिक सद्भाव, आपसी मेलमिलाप र एकता बलियो हुनु पर्नेमा जोड दिएका छन् ।

समाज मेलमिलापको माध्यमबाट सामुहीकतामा विश्वास गर्ने संस्कृतिको विकास हुन जरुरी रहेको उनीहरुको जोड छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले समाजमा दलहरु प्रति निराशा छाएको विषयमा गम्भीर हुनु पर्ने बताएका छन् । केही नभएको र नगरिएको छ भन्ने भ्रम नै फैलाउन खोजिएको छ । त्यो चिर्न तर्फ नेता कार्यकर्ता र वौीद्धक वर्ग अग्र भागमा देखिनु पर्छ थापाले भन्नु भयो ।

व्यवस्थाका विरुद्धमा नै जाने गरि भीड बढीरहेको र केही अराजनीतिक तत्वहरु हाबी हुन खोजिएको विषयलाई एमालेले परास्त पार्ने गरि जरा अभियान र बिशेष सन्देश सभाहरु आयोजना गरिरहेको थापाको भनाई छ । वर्तमान जनताको बलिदानीबाट प्राप्त व्यवस्थालाई युगसम्म जीवीत राख्न वर्तमान गणतन्त्रवादीहरु एकभएर लाग्नु पर्ने र विकासमा राजनीतिक गर्ने परिपार्टीको अन्त्य हुनु पर्नेमा थापाको जोड छ ।

एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले विकासका कामबाटै वर्तमान युवा वर्गमा देखिएको निराशा चिर्नुको विकल्प नरहेको बताएका छन् । युवा काम विहिन छन् । उद्यम र रोजगार छैन्, त्यो आक्रोशलाई व्यवस्था विरोधीले गलत फाइदा लिन खोजिरहेका छन्, त्यो संभव छैन्, ओलीले भन्नु भयो । ओलीकै अध्यक्षतामा सद्भावका लागि शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

सचिव काँशी विकले कार्यक्रम सञ्चालन थरेका हुन् । कार्यक्रममा सदरमुृकाम मार्तडीमा उपलब्ध जनसंगठन, पार्टी नेता कार्यकर्तालाई बोलाइएको थियो । कार्यक्रमममा नेपाली काँग्रेस बडीमालिका नगर सभापति गोपाल कार्की, एमाले पार्टी उपसचिव हरि रोकाया, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाह सहीतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

प्रतिक्रिया